थापालाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका राष्ट्रिय जनमोर्चाका सदस्य कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार थापालाई प्रदेश सभा बैठकमा नियमित भाग लिन, सांसदको हैसियतमा मत प्रकट गर्ने कार्यबाट बञ्चित नगर्न अन्तरिम आदेश दिएको हो ।

पार्टीको ह्वीप नमानेको भन्दै थापालाई राष्ट्रिय जनमोर्चाले कारबाही गरेको थियो । त्यसपछि उनी सर्वोच्च गएका थिए । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बागलुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *