थप ३,४७९ जनामा कोरोना संक्रमण, ९९ को मृत्यु, ६,६३६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थप ७३१, भक्तपुरमा १४६ र ललितपुरमा थप २५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ । त्यस्तै आइसोलेसनमा ८९,२१७ जना सक्रिय संक्रमति रहेका छन् भने ७३१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *