USAID

युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी

टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी भएका छन् । स्थानीय समयानुसार शनिबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै पौडेल दुई वर्षका लागि सिटीको मेम्बर निर्वाचित भएका हुन् । चितवनका बासिन्दा रहेका पौडेलले आफ्नो विजयले सबै नेपालीको जीत भएको बताए ।

नेपालमा रहँदा पौडेल प्राध्यापन पेशामा संलग्न थिए । गत मे १ मा पहिलो चरणको निर्वाचन भएको थियो । यो निर्वाचनमा कुनै पनि उम्मेदवारले विजय हुनका लागि आवश्यक ५० प्रतिशत मत पाउन नसकेपछि पहिलो चरणमा बढी मत ल्याउने उम्मेदवारबीच ‘रनअफ राउन्ड’मा चुनाव भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *