काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपील गरेको छ । बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकले पारित प्रस्ताव सर्कुलर गर्दै नेपाल पक्षले पार्टीलाई एकताबद्ध राख्ने आफूहरुको चाहनामा कुठाराघात भएको बताएको छ ।
बैठकले नवौं महाधिवेशनको मार्ग निर्देशन र निर्णय अनुरुप सिंगो पार्टी एकतावद्ध र प्रभावकारी ढंगले अघि बढोस् भन्ने आफूहरुको चाहना भएपनि ओली वाह्य शक्ति सामु लम्पसार परेको निष्कर्ष निकालेको छ ।
बैठकले पार्टी संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गरेको छ ।





