बालुवाटार जग्गा प्रकरणमा ४९ जनाविरुद्ध भूमिसुधार कार्यालयद्वारा २१ दिने सूचना जारी

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै गोरखापत्रमा सूचना निकालेर २१ दिनको समय दिइएको हो । मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *