दक्षिण कोरियाको फराकिलो जित

प्रज्जवल थापा। फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट खेलमा दक्षिण कोरियाले फराकिलो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा कोरियाले तुर्केमिनिस्तानलाई ५-० गोलले पराजित गरेको हो ।

ह्युङ मिन सनको कप्तानीमा मैदान उत्रिएको दक्षिण कोरियालाई जित दिलाउन उइ जो ह्वाङले दुई गोल गर्दा ताइ हि नाम, योङ ग्वोन किम र चाङ होन क्वोले एक/एक गोल गरे। पहिलो हाफको नवौंं मिनेटमा ह्वाङले गोल गर्दै कोरियालाई शुरुवाती अग्रता दिलाएका थिए।

४५ औं मिनेटमा हि नामले गोल गर्दै कोरियाको अग्रता दोब्बर बनाए । ५६ औं मिनेटमा ग्वोन किमले गोल गरेपछि घरेलु टोली फराकिलो जिततर्फ अगाडि बढेको थियो । ६२ औं मिनेटमा होन क्वोनले गोल गरे । यस्तै ७२ औं मिनेटमा जो ह्वाङले गोल गर्दै दक्षिण कोरियालाई ५-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै छनोटमा अपराजित दक्षिण कोरिया ४ खेलबाट १० अंङ्क जोड्दै समूहको शिर्ष स्थानमा यथावत छ भने पराजित तुर्केमिनिस्तान ५ खेलबाट ६ अंङ्क जोड्दै तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *