उपप्रधानमन्त्री महतोको अभिव्यक्ति सोझै राष्ट्रघाती होः झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपप्रधानमन्त्री राजेन्द्र महतोबाट विखण्डनकारी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शुक्रबार मन्त्रीको शपथ लिएलगत्तै महतोबाट विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आएको भन्दै खनालले आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले सपथ लिएको केही घण्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति सुन्दा मलाई आश्चर्यचकित पारेको छ । यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैरजिम्मेवार अराजक, विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *