इटालीको सहज जित

प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले सहज जित हात पारेको छ । गएराति भएको खेलमा इटालीले चेक रिपब्लिकलाई ४-० गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इटालीलाई जित दिलाउन किरो इम्मोबिल, निकोलो बारेला, लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले समान एक/एक गोल गरे । खेलको २३ औं मिनेटमा इम्मोबिलले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा बेरेलाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

६६ औं मिनेटमा इन्सिग्नेले गोल गर्दै इटालीलाई ३-० गोलको अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीलाई ४-० गोलको सहज जित दिलाए ।

अन्य खेलको नतिजा
नाइजेरिया ०-१ क्यामरुन
फारो आइल्याण्ड ०-१ आइसल्याण्ड
सोल्भेनिया ६-० गिब्रालटार

Leave a Reply

Your email address will not be published. Required fields are marked *