‘नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा सरकारमा सहभागी भएपछि नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।

शुक्रबार राति समाजिक संजालमार्फत भट्टराईले जसपा सरकारमा सहभागी भएको भन्दै यस्तो व्यंग्य गरेका हुन् । उनले लेखेका छन्, ‘यक्ष प्रश्न–संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’

जसपाको महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी भएको छ । उपप्रधानसहित शहरी विकासमन्त्री राजेन्द्र महतोको नेतृत्वमा जसपमा सरकारमा सहभागी भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *