पोर्चुगल युरो यु-२१ को फाइनलमा

प्रज्जवल थापा । पोर्चुगलको युवा टोली युरो यु-२१ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्पेनको युवा टोलीलाई १-० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पोर्चुगलले आत्मघाती गोलको सहयोगमा जित निकालेको हो । दोस्रो हाफको ८० औं मिनेटमा फाबियो भिएइराको क्रसलाई क्लियर गर्ने क्रममा जोर्ज कुएन्काले आफ्नै पोस्टमा गोल गरेपछि पोर्चुगलले खेलमा अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल १-० गोलले विजयी भयो ।

अब पोर्चुगलले उपाधिको लागि सोमबार जर्मनीको सामना गर्नेछ । जर्मनीले सेमिफाइनल खेलमा नेदरल्याण्डलाई २-१ गोलले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *