इमर्सन बार्सिलोनामा अनुबन्धित

प्रज्जवल थापा । बार्सिलोनाले रियल बेटिसबाट राइट ब्याक इमर्सनलाई क्लबमा भित्र्याएको छ । बार्सिलोनाले इमर्सनलाई ९ मिलियन युरोमा भित्र्याएको हो । यससँगै बार्सिलोनाले १ हप्ताको अन्तरालमा तीन खेलाडी भित्र्याएको छ ।

यसअघि बार्सिलोनाले म्यानचेस्टर सिटीबाट फर्वार्ड सेर्जियो अग्वेरो र डिफेन्डर लुइस गार्सियालाई अनुबन्ध गरेको थियो । दुई सिजन रियल बेटिसमा बिताएका इमर्सनले ७९ खेल खेल्दै ५ गोल र १० एसिस्ट दिएका थिए । विश्वकप छनोट र कोपा अमेरिका खेल्ने ब्राजिलको टोलीमापनि इनर्सन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *