प्रज्जवल थापा । युरो कप-२०२० को तयारीमा रहेको क्रोसिया अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा क्रोसिया अर्मेनियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
क्रोसियाको लागि इभान पेरिसिक र अर्मेनियाको लागि व्बेयमार अन्गुलोले एक/एक गोल गरे । २४ औं मिनेटमा पेरेसिकले गोल गर्दै क्रोसियालाई खेलमा अगाडि बढाएका थिए । तर ७२ औं मिनेटमा अन्गुलोले गोल गर्दै अर्मेनियालाई बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
अन्य खेलको नतिजा
कोसोभो ४-१ सान मारिनो
लिथुनिया ०-१ एस्टोनिया
नर्थ माकेडोनिया १-१ स्लोभेनिया
स्लोभाकिया १-१ बुल्गारिया
पोल्याण्ड १-१ रसिया