युरोकपको लागि इङ्ल्याण्डको टोली घोषणा

प्रज्जवल थापा । युरो कप- २०२० को लागि इङ्ल्याण्डको टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक गेरेथ साउथगेटले मंगलबार २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

यसअघि साउथगेटले ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । सोही टिमबाट ७ खेलाडीलाई बाहिर राख्दै साउथगेटले अन्तिम टोलीको घोषणा गरेका हुन् । युनाइटेडका युवा फर्वार्ड मासोन ग्रिनवुडले चोटको कारण आफैले नाम फिर्ता लिँदा राम्रो फर्ममा रहेका वेस्टहामका फर्वार्ड जेसि लिंगार्डपनि बाहिरिएका छन् । यस्तै गोलरक्षक आरोन राम्सडेल, बेन गडफ्रे, बेन व्हाइट, जेम्स वार्ड प्रोसे, ओलि वाट्किन्सपनि अन्तिम टोलीमा अटाउन सकेनन् ।

इङल्याण्डको अन्तिम टोली

गोलरक्षक :- डिन हेन्डरसन, साम जोनस्टोन, जोर्डान पिकफोर्ड
डिफेन्डर :- ट्रेन्ट एलेक्जेन्डर ओर्नाड, बेन चिलवेल, कोनोर कोर्डे, रिक जेम्स, ह्यारी मगायर, ट्यरोने मिङ्स, लुके शह, जोन स्टोन्स, किएरन ट्रिप्पियर, क्यले वाल्कर
मिडफिल्डर :- जुडे बेल्लिन्घाम, जोर्डान हेन्डरसन, मासोन माउन्ट, काल्भिन फिलिप्स, डेक्लान राइस
फर्वार्ड :- डोमिनिक कार्भेट-लेविन, फिल फोडेन, ज्याक ग्रेलिस, ह्यारी केन, मार्कुस रासफोर्ड, बुकायो साका, जाडोन सान्चो, रहिम स्ट्रेलिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *