काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्न नसक्ने स्थितिमा हो ? भन्दै प्रश्न गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप सहयोग गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति जो बाइडेन, वेलायती महारानीलाई पत्राचार गरेपछि रावलले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘मुख छँदाछँदै नाकले पानी पिइन्छ र ? कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ ? खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो ? राष्ट्रपतिले राष्ट्रपतिसँग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नु ।’
मुख छदाछदै नाकले पानी पिइन्छ र? कोरोनाको निहुमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ? खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो?राष्ट्रपतिले राष्ट्रपतिसंग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नु।
— Dr. Bhim Rawal (@BhimRawal179) June 1, 2021
त्यस्तै रावलले बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ? राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात !’
बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि? राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात!
— Dr. Bhim Rawal (@BhimRawal179) June 1, 2021