अस्पतालहरूलाई सात दिनभित्र सेवा शुल्क सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई ७ दिनभित्र उपचार गर्दा लाग्ने रकमको मूल्य सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी मन्त्रालयले सेवा प्रवाह गर्दा लाग्ने मूल्य सूचीको विवरण वेबसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो । साथै उक्त विवरण इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना महामारीमा कतिपय अस्पतालले बिरामीको उपचार गरेबापत चर्को रकम लिएको, उपचारको लागि आवश्यक सामग्री वन्दोवस्त गर्न बिरामीका आफन्तलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको, अनावश्यक परीक्षण गर्न लगाएको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *