महन्थ ठाकुर पक्षद्वारा अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीबाट निस्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादव पक्षले अध्यक्ष ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेलगत्तै ठाकुर पक्षले यादवलाई पार्टीबाट निस्कासन गरेको हो । यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको थियो । यादवपक्षले पनि त्यसको जानकारी आयोगलाई दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *