प्रज्जवल थापा । कोपा अमेरिका फूटबल प्रतियोगिता ब्राजिलमा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण अमेरिकी फुटबल कन्फेडेरसन(कन्मेबोल)को बैठकले ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी सुम्पिएको हो ।
यसअघि अर्जेन्टिना र कोलम्बियाले संयुक्त्त रुपमा प्रतियोगिता आयोजना गर्ने जिम्मा लिएका थिए । तर सरकार विरोधी आन्दोलन चर्किएपछि कोलम्बियाले सहआयोजकबाट नाम फिर्ता लिएको हो । यस्तै कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि कन्मेबोलले अर्जेन्टिनामा कोपा अमेरिका नगर्ने निर्णय गरेको थियो ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म आयोजना हुनेछ। ब्राजिलमा प्रतियोगिता आयोजना हुने भनिएसँगै चौतर्फी विवादपनि उठेको छ। कोरोना भाइरसको कारण ब्राजिलमा मात्र ४ लाख ६० हजार बढीको मृत्यु भइसकेको छ ।
