डा. भट्टराईकाे टिप्पणी: किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ !

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

आइतबार राति एक ट्वीट गर्दै डा. भट्टराईले नयाँ निर्माणका लागि पूरानो भत्कनै पर्ने बताएका हुन् । उनले अहिलेको समयले नयाँ ध्रुवीकरण खोजेको पनि उल्लेख गरेका छन् ।

मान्छे  तानातान र किनबेचको तमसा नगरौँ, भेडा भेडासँग र बाख्राबाख्रासँग हुन दिउँ भन्दै उनले लेखेका छन्, ‘हातमिलाएर आआफ्नो बाटो लागौं! हिडिरहे फेरि भेटहुनेछ!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *