थाइल्यान्डको राजपरिवारले पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौँ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आइतबार आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइल्यान्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको जहाजमार्फत काठमाडौं आइपुगेको हो । स्वास्थ्य सामग्रीहरु नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

नेपाललाई सहयोग आएको स्वास्थ्य सामग्रीहरुमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान, पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिकल क्याप १० हजार थान, फेसशिल्ड पाँच हजार, र्यापिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान लगायत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *