USAID

समर्थकको नजरमा च्याम्पियन्स लिग फाइनल


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगको उपाधिको लागि आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दैछन् । इस्टेडियो डो ड्रागोमा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

च्याम्पियन्स लिग फाइनलको सन्दर्भमा रहेर नेपाल समाजले फूटबल समर्थकसँग अन्तरक्रिया गर्दा उनीहरुको धारणा यस्तो रहेको छ ।

“फेरिपनि एकपटक दुवै इङ्लिस टिम फाइनल पुगेका छन् । दुवै टोलीको लागि आजको खेल उत्तिकै महत्त्वपूर्ण छ । घरेलु लिगमा सफल देखिएको सिटी च्याम्पियन्स लिगमा भने चुकिरहेको छ । यता चेल्सी भने नयाँ प्रशिक्षक थोमस टुचेलको आगमनसँगै राम्रो फर्ममा देखिएको छ । लगातारको खराब प्रदर्शनपछि चेल्सीले मध्य सिजनमा प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै टुचेललाई जिम्मेवारी सुम्पेको थियो । गत सिजन पिएसजीलाई फाइनलसम्म पुर्याएका टुचेल बायर्नसँग पराजित भएका थिए । त्यसैले राम्रो फर्ममा रहेका दुवै टोली र उत्कृष्ट प्रशिक्षक बिचको फाइनल खेल रोमाञ्चक हुनेछ भन्नेमा दुई मत छैन ।”
-जेनिष श्रेष्ठ, ललितपुर


“म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको छ । सेमिफाइनलमा साविक उपविजेता पिएसजीमाथि शानदार जित हात पार्दै फाइनल पुगेको सिटीले आज हुने खेलमापनि सोही लयलाई निरन्तरता दिँदै उपाधि उचाल्नेछ भन्नेमा म विश्वस्त छु । ट्रान्सफर बजारमा भारी पैसा खर्च गरेपनि च्याम्पियन्स लिग जित्न नसकेको सिटीलाई यस पटक उपाधि जित्ने राम्रो अवसर रहेको छ । यता प्रतियोगिताकै सार्वधिक सफल टोली रियल म्याड्रिडलाई पन्छाउदै फाइनल पुगेको चेल्सीलाईपनि कमजोर आक्न भने मिल्नेछैन ।”
  – निरुता न्यौपाने, तनहुँ

“आजको खेल चेल्सीको लागि २०१२ पछिकै ठूलो र महत्त्वपूर्ण खेल हो भन्दा फरक पर्दैन । विश्वनै कोरोना भाइरसको चपेटामा परेको अवस्थामा चेल्सीलाई यस उपाधिले निकै महत्त्वपूर्ण राख्नेछ । हालको समयमा म्यानचेस्टर सिटी विश्वकै उत्कृष्ट टिम रहेपनि उनीहरुलाई पराजित गर्न केन्द्रित हुनुपर्नेछ । यस सिजन सिटीलाई दुई पटक पराजित गरिसकेको कारणपनि चेल्सी उच्च मनोबलमा रहेको छ । पक्कैपनि आजको खेललाई लिएर सम्पुर्ण चेल्सी समर्थक उत्साहित छन् ।”
  – कृष्ण पोखरेल, चितवन

यो पनि पढ्नुहोस् :- च्याम्पियन्स लिग फाइनलः म्यानचेस्टर सिटी र चेल्सी भिड्दै


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *