च्याम्पियन्स लिग फाइनलः म्यानचेस्टर सिटी र चेल्सी भिड्दै

प्रज्जवल थापा । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेलमा आज दुई इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दैछन् । इस्टेडियो डो ड्रागोमा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ ।

आज हुने फाइनल खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । प्रिमियर लिग च्याम्पियन सिटी पहिलो च्याम्पियन लिग उपाधि उचाल्ने लक्ष्यमा हुनेछ । सिटीले सेमिफाइनलमा साविक उपविजेता पेरिस सेन्ट जर्मन(पिएसजी) लाई समाग्रमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । सिटीे प्रतियोगिताको एकमात्र अपराजित टोली हो ।

यता चेल्सीपनि आजको खेल जित्दै दोस्रोपटक च्याम्पियन लिगको उपाधि उचाल्न चाहन्छ । चेल्सीले पछिल्लोपटक २०११÷१२ मा बायर्न म्युनिखलाई पराजित गर्दै उपाधि जितेको थियो । चेल्सीले सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पन्छाउदै फाइनलको बाटो तय गरेको हो । चेल्सी र म्यानचेस्टर सिटीले यस सिजन प्रतियोगितामा मात्र ४ गोल बेहोरेका छन् ।

आ–आफ्नो पछिल्लो पाँच खेलको नतिजा
म्यानचेस्टर सिटीः– ३ जित, २ हार
चेल्सीः– २ जित, ३ हार

हेड टु हेड

हाल सम्म म्यानचेस्टर युनाइटेड र चेल्सी १ सय ६९ औं पटक भिडेका छन् । त्यसमध्ये ७० खेल चेल्सीले जितेको छ भने ५९ खेल सिटीले आफ्नो पोल्टामा पारेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको पछिल्लो भेटमा चेल्सीले सिटीलाई २–१ गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *