काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र आएपछि देश र जनता कमजोर भएकोले राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको लागि पुनर्विचार गर्न आग्रह गरेका छन् । नेता थापाले आज बिहान ट्विट गर्दै राजसंस्थालाई पाखा लगाएर गणतन्त्र घोषणा गरिएपछि विदेशी हस्तक्षेपले समेत राष्ट्र कमजोर भएको बताएका हुन् ।
उनले भने, ‘राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र सम्वर्द्धनवादको बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गरौँ ।’
अध्यक्ष थापाले गणतन्त्रको नाममा राष्ट्रिय एकताको प्रतीकको रुपमा रहेको राजासंस्थालाई १३ वर्षअघि जेट १५ गतेका दिन पाखा लगाइएको भन्दै त्यसपछि मुलुकमा भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेप मौलाएको उल्लेख गरेका छन् ।
१३ वर्षअघि राष्ट्रियतारएकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो । राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्, उनले भनेका छन्, बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ ।
जेठ १५गते-
१३बर्षअघि राष्ट्रियता/एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो।राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन्।बरू भ्रष्टाचार,धर्मपरिवर्तन,सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ।राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ— Kamal Thapa (@KTnepal) May 29, 2021
आज राप्रपा स्थापना दिवस
राजसंस्थासहितको प्रजातन्त्र, हिन्दुराष्ट्र र सम्वर्द्धनवादको बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गरौँ।
परस्पर सदभाव, एकता र आत्मियता कायम गरी राप्रपालाई देशको अग्रणी शक्ति बनाऔँ। pic.twitter.com/p7e1gd0uct— Kamal Thapa (@KTnepal) May 29, 2021
