बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि आज अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको हो । तर प्रतिनिधिसभा नै विघटन भएको अवस्थामा जेठ १५ मै बाध्यकारी नभएको भन्दै अध्यादेशबाट बजेट नल्याउन सरकारलाई सरोकारवाला चौतर्फी दबाब दिरहेका छन् ।

सरकारले दबाबका बीच अध्यादेशबाट ल्याइने कामचलाउभन्दा पनि नियमित खालकै जस्तो बजेट ल्याउन लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *