संवैधानिक इजलासमा बहसका लागि १० मिनेट समय

काठमाडौँ । प्रतिनिधिसभा विघनटसम्बन्धी मुद्दामा बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानुन व्यवसायीलाई १० मिनेटको समय तोकेका छन् । प्रधानन्यायाधीश जबराले हरेक निवेदकका लागि १० मिनेटको समय निर्धारण गरेका हुन् ।

३० जना निवेदक भएकाले टाइमकार्ड लगाउनुपर्ने अवस्था आएको उनले बताएका छन् । वरिष्ठ अधिवक्ताका लागि भने समय तोकिएको छैन । सुनुवाइका क्रममा रिट निवेदक अधिवक्ता सन्तोष भण्डारीले सुरुमा बहस गरेका छन् ।

प्रधान्यायाधीश जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेर संवैधानिक इजलास गठन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *