बानका अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणबाट निधन

विराटनगर । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणबाट निधन भएको छ । वैशाख २८ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार बिहान ८ः२५ बजे मृत्यु भएको विराट मेडिकल शिक्षण अस्पतालका कोभिड इन्चार्ज डा. सुनील देवले जानकारी दिए ।

सुनसरीको इटहरी उपमहानगर–४ घर भएका न्यौपाने नेपाल विज्ञापन बोर्डका सदस्यका साथै सप्तकोसी एफएमका सञ्चालक तथा स्टेसन म्यानेजर थिए । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *