काठमाडौं । बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ । बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । बेलायतले पठाएको सामग्रीमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन् ।
सोही जहाजले नेपाल मेड युकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएको छ । स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। ।
केही दिनअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल कोरोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो ।
Just received ???????? essential medical supplies to help #Nepal in the covid crisis. @tariqahmadbt @FCDOGovUK @DominicRaab @UKinNepal pic.twitter.com/xOLyQqz64n
— NicolaPollitt (@NicolaPollittUK) May 28, 2021
