एजेन्सी । मिडफिल्डर लुका मोड्रिकले रियल म्याड्रिडसँग थप एक वर्षको नयाँ सम्झौता गरेका छन् । पुर्व बेलन डि’ओर विजेता मोड्रिकले क्लबसँग जुन २०२२ सम्म सम्झौता गरेका हुन् ।
९ वर्षअघि मोड्रिक टोटेन्हामबाट क्लबमा भित्रिएका थिए । म्याड्रिडबाट ४ च्याम्पियन्स लिग जितिसकेका मोड्रिक पछिल्लो समय क्लबको मुख्य खेलाडी रहँदै आएका छन् ।
यस सिजन ४८ खेल खेलेका मोड्रिक म्याड्रिडका मुख्य खेलाडी रहेका थिए । क्लबसँग नयाँ सम्झौता गर्न पाउँदा आफु खुशी रहेको मोड्रिकले ट्विटरमा लेखेका छन् ।
३५ वर्षिय मोड्रिकले २०१८ मा बेलन डि’ओरपनि जितेका थिए । उक्त वर्ष क्रोसियालाई विश्वकपको फाइनलमा पुर्याउन मोड्रिकले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
