जर्मनीको प्रशिक्षकमा फ्लिक नियुक्त

एजेन्सी । हान्सी फ्लिक जर्मनीको नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका छन् । फ्लिकले जर्मनसँग २०२४ सम्म सम्झौता गरेका हुन् ।

बायर्न म्युनिखलाई लगातार ९ बुन्डेसलिगा जिताएका फ्लिकले युरो २०२० पछि जर्मनको टिम समाल्नेछन् । हाल जर्मनको मुख्य प्रशिक्षकको जिम्मेवारी जोएचिम लोले समालिरहेका छन् ।

फ्लिकले यसअघि २००६ देखी २०१४ सम्म लोको सहायकको रुपमा काम गरेका थिए । २०१४ मा जर्मनीले विश्वकप जित्दा फ्लिक टोलीको सहायक प्रशिक्षक थिए । फ्लिक २०१९ मा बायर्नमा सहायक प्रशिक्षकको रुपमा अनुबन्ध भएका थिए । तर निको कोवाकले मुख्य प्रशिक्षकको पद छोडेपछि फ्लिकले पद समालेका थिए ।

फ्लिकले पहिलो सिजनमै बायर्नलाई च्याम्पियन्स लिगसहित ट्रिबल जिताएका थिए । २०२०/२१ को सिजनमा पेरिस सेन्ट जर्मन(पिएसजी) सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपनि फ्लिकले बायर्नलाई युईएफए सुपर कप र फिफा क्लब विश्वकपसँगै बुन्डेसलिगाको उपाधि जिताएका थिए ।

जर्मनले लोको कार्यकालमा ब्राजिलमा भएको विश्वकप जितेको थियो भने युरो २००८ को उपविजेता बनेको थियो र २०१२ र २०१६ को युरोको सेमिफाइलमा पुगेको थियो । लोलाई यसपटक फेरी युरो जित्ने अवसर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *