भारतमा ४० दिनयताकै कम संक्रमण

भारतमा कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि हुँदै गएकोमा पछिल्लो २४ घण्टामा ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर अहिले ८८ दशमलव ७ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ ।

सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गुमाउनेको सङ्ख्यामा भने धेरै सुधार नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतमा नयाँ सङ्क्रमणमा कम र निको हुने दर बढेपछि अस्पतालहरुमा अक्सिजन लगायतको अभाव कम हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *