USAID

अमेरिका र बेलायतबाट एक करोड खोप ल्याउने सरकारकाे गृहकार्य


काठमाडौँ । सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको छ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै भ्याक्सिन ल्याउने गृहकार्य अगाडि बढाइएकाे हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माका अनुसार परराष्ट मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्रकार गरेको छ । यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत् समन्वय भइरहेको छ ।

यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउनसमेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

भारतकाे सेरमले सन् २०२१ सम्म (आगामी पुस १६ गतेसम्म) कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि सरकारले बेलायत र अमेरिका खोप खरिदको पहल गरेको हो । अग्रिम भुक्तानी पठाएर भारतबाट खरिद गरिएको १० लाख डोज खोप आउन बाँकी छ ।

कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्नुपर्ने १५ लाख ७२ हजार डोज खोप पनि आउन बाँकी छ । याे खाेप उपलब्ध गराइदिन पनि सरकारले कोभ्याक्सका ठूला दाता मुलुकहरू अमेरिका, बेलायत, जर्मनीलगायतलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *