USAID

प्रधानमन्त्रीले सत्ता संकट टार्न नागरिकता अध्यादेश ल्याएको विप्लवको आरोप


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गरी महासचिव विप्लवले ओली सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि नागरिकता अध्यादेश ल्याएको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *