USAID

कोरोना नियन्त्रणका लागि यस्तो छ माओवादी केन्द्रको प्रस्ताव


काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड महामारी नियन्त्रणका लागि सर्वदलीय र सर्वपक्षीय सहभागिताको संयन्त्रको स्थापना गर्न माग गरेको छ । कोरोना नियन्त्रणको लागि पार्टीको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्तावमा सर्वदलीय संयन्त्र गठनको माग गरिएको छ ।

त्यस्तै माओवादीले सीसीएमसीले आफ्नो दायित्व पुरा गर्न विफल भएकाले यसको विघटन गरी प्रधानमन्त्रीकै नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय सयन्त्र बनाउन माग गरेको हो ।

सरकारले सीसीएमसी खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति गठन गरिसकेको छ । सबै तहका ईकाईहरुले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम गठन गर्ने र केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा समिति गठन गर्ने माओवादीले जनाएको छ ।

कोरोना भाइरस विरुद्घको यो संघर्षमा अन्ततः खोप दिएर मात्र संक्रमणमाथि विजय प्राप्त गर्न सकिने यथार्थलाई आत्मासात गर्दै माओवादीले जनताको खोप प्राप्तिको अधिकार र आवश्यकतालाई परिपूर्ति गर्न आफ्नो सम्वन्धहरुलाई परिचालन गरी कुटनैतिक पहल लिने जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *