माधव नेपाल पक्षका २३ जना सांसदद्वारा रिटमा हस्ताक्षर

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ताका लागि जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा नेकपा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाल पक्षबाट २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिएका छन् ।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले जानकारी दिएका छन् । खतिवडाले जालसाजी गरी हस्ताक्षर किर्ते गरे भनेर स्यालहुइयाँ गर्नेहरूका लागि सशरीर अदालत जान लागेको बताए । उनले भने, ‘अदालतमा हाम्रो सनाखत गर्ने भए गर, टाउको गन्ने भए गन भनेर जान लागेका हौं।’

यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् । सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट र नारायण खतिवडा भने नेपाल समूहतिरै आएर हस्ताक्षर गरेका छन् ।

नेपाल पक्षबाट हस्ताक्षर गर्ने सांसदहरु
१. विरोध खतिवडा

२. जीवनराम श्रेष्ठ

३. घनश्याम भुसाल

४. सोमप्रसाद पाण्डे

५. कृष्णलाल महर्जन

६. झपट रावल

७. निरादेवी जैरू

८. सरलाकुमारी यादव

९. कल्याणी खड्का

१०. लक्ष्मी चौधरी

११. माधव नेपाल

१२. भीम रावल

१३. कलिला खातुन

१४. रामकुमारी झाँक्री

१५. झलनाथ खनाल

१६. पुष्पा कर्ण कायस्थ

१७. भवानीप्रसाद खापुङ

१८. यज्ञ सुनुवार

१९. सुरेन्द्र पाण्डे

२०. मुकुन्द न्यौपाने

२१. मेटमणि चौधरी

२२. दीपकप्रकाश भट्ट

२३. नारायण खतिवडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *