ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई कारबाही गर्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष ओलीले आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकबाट माधव नेपाल पक्षलाई कारबाहीको तयारी गरिएको बताइएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल पक्षले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन । माधव नेपाल पक्ष विपक्षी गठबन्धनसँग मिलेर सर्वोच्च जान लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *