USAID

पिएसजीलाई पछि पार्दै लिल लिग वान च्याम्पियन


प्रज्जवल थापा । साविक विजेता पेरिस सेन्ट जर्मन(पिएसजी) लाई पछि पार्दै लिलले फ्रेन्च लिग वानको उपाधि जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा लिलले एन्जर्समाथि २-१ गोलको जित निकाल्दै चौथो पटक लिग वानको उपाधि जितेको हो ।

जितसँगै लिलले ३८ खेलबाट ८३ अङ्क जोड्दै शिर्ष स्थानम रहँदै ११ वर्षपछि लिग वानको उपाधि उचालेको हो । स्टेड रायमोन्डमा भएको खेलमा लिललाई जित दिलाउन जोनाथन डेभिड र बुराक यिल्माजले एक/एक गोल गरे । एन्जर्सको लागि एन्जेलो फुल्गिनीले एक गोल गरे । पहिलो हाफको दसौं मिनेटमा रेनाटो सान्चेजको पासमा डेभिडले गोल गर्दै लिललाई शुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा बुराकले गोल गर्दै लिलको अग्रता दोब्बर बनाए । यस्तै दोस्रो हाफको अतिरिक्त समयमा एन्जेलो फुल्गिनीले एन्जर्सको लागि सान्तवना गोल गरे । बाँकी समयमा थप गोल हुन नसक्दा लिलले २-१ गोलले जित निकाल्दै उपाधि उचालेको हो ।

यस्तै अर्को खेलमा पिएसजीले ब्रेस्टलाई २-० गोलले हराउँदै दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्यो । पिएसजीलाई जित दिलाउन कालियन एम्बाप्पेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पिएसजीले ३८ खेलबाट ८२ अङ्क जोडेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *