USAID

नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा


काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरी बिक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।  अवैधानिक रुपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल, शीतल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानामा तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा बिक्रि, वितरण भइरहेको सुचनाको आधारमा छापा मारिएको उनले बताए । एसएसपी खापुङले उत्पादित सेनिटाइजर प्रयोगशाला परीक्षण गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाइएको पनि बताए । दोषीउपर कानुनी कारबाही अगाडी बढाइने उनले बताए ।

सो कारखाना लगायत मुख्यमुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीले कारखानामा ३० हजार लिटर सेनिटाइजर हुनसक्ने बताएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *