सांसदहरुलाई दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिनुहुन्नः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? भन्दै प्रश्न गरेका छन् ।

संविधानको धारा ७६(५) अनुसार सरकार गठनका सन्दर्भमा नेकपा एमालेका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा हस्ताक्षर गरेको सन्दर्भमा आइतबार सामाजिक संजालमार्फत अध्यक्ष थापाले सांसदहरुलाई दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो ? भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘विद्वानहरू समक्ष सानो जिज्ञासाःके संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो ? दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो ? यदि यो मान्यता स्विकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्नन् । क्षणिक स्वार्थ मात्र नहेरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *