USAID

खोप, अक्सिजन र भेन्टिलेटर अनुदानमा माग्ने सरकार चुनावमा ४० अर्ब खर्च गर्न तयार


काठमाडौँ । शुक्रबार मध्यरात ढल्कँदा पनि देशका प्रधानमन्त्री जाग्राम थिए । राति करिब १२ बज्नै लाग्दा मन्त्रिपरिषद् बैठक बोलाएका उनले १ जबे राष्ट्रपतिनिवास गएर प्रतिनिधिसभा विघटन मात्रै गराएनन्, मध्यावधि निर्वाचनको मिति घोषणसमेत गराए । महामारीबीच करिब ४० अर्ब खर्च गरेर मध्यावधि निर्वाचन गर्न देशका राष्ट्रपति र प्रधानमन्त्रीले निर्णय गरेकै दिन शुक्रबार संयुक्त राष्टसंघले भने नेपालमा महामारी नियन्त्रणका लागि अनुदान जुटाउन दातृ निकायहरुलाई सार्वजनिक आह्वान गरेको छ । महामारीले नेपालको स्वास्थ्य प्रणालीको सामर्थ्यभन्दा धेरै ठूलो चनौती ल्याएको भन्दै राष्टसंघले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर ‘नेपाल कोभिड-१९ प्रतिकार्य योजना’ पनि जारी गरेको छ ।

वैकल्पिक सरकार निर्माणमा अवरोध गर्न, प्रतिनिधिसभा विघटन गर्न, मध्यावधि निर्वाचन गर्न र देशको ढुकुटीबाट ४० अर्ब रुपियाँ खर्च गर्न नेपाल सरकार प्रतिबद्ध देखिएको छ ।

शनिबार पनि निर्वाचन आयोगका पदाधिकारीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै स्रोत र साधनको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर खोप, अक्सिजन, भेन्टिलेटर र पिपिई मात्रै होइन, मास्कका लागि भने पर्याप्त बजेट नभएकोले सरकारले अनुदानका लागि याचना गरिरहेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *