USAID

ठाकुर र महतोसहित चार नेतामाथि स्पष्टीकरण सोध्ने जसपा कार्यकारिणी समिति बैठकको निर्णय

  • 227
    Shares

काठमाडौं । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको छ । शनिबार बसेको बहुमत कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्बेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने र त्यसको चित्तबुझ्दो उत्तर नआए कारबाही गर्ने निर्णय गरेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् ।

बैठकमा ठाकुर पक्षका कोही पनि सहभागी भएका थिएनन्। राईका अनुसार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका ३१ जना सहभागी भएको बैठकले यस्तो नर्णय गरेको हो ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ । पार्टीको विधान विरोधी गतिविधी गरेको ठहर गर्दै विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन र निस्कासन गर्ने तयारी छ । राइका अनुसार महन्थ पक्ष संसदीय दलमा र कार्यकारिणी समिति दुबैमा अल्पमतमा छन्।


  • 227
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *