माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेतालाई सहयोग गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

स्पष्टीकरण सोधिएका ११ सांसदहरुमा वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी र निरा जैरू रहेका छन्।

संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि एमालेका २६  जना सांसदले कांग्रेस सभापति देउवाका पक्षमा हस्ताक्षर गरेका थिए । तर अन्यले आफ्नो हस्ताक्षर दुरुपयोग भनेको बताएपछि ११ जनालाई मात्रै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताए । एमालेको माधव नेपाल पक्ष संसद विघटन गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी गठबन्धको साथमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *