USAID

संसद विघटनविरुद्ध कानुनीरुपमा प्रतिवाद गर्ने पाँच दलीय गठबन्धनको निर्णय


काठमाडौं । प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेको विषयलाई पाँच दलीय गठबन्धनले असंवैधानिक कदम भएको ठहर गर्दै त्यसको कानुनीरुपमा प्रतिवाद गर्ने भएको छ ।

शनिबार संसद भवनमा बसेको गठबन्धनको संयुक्त बैठकले सो कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको हो ।

बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका अन्य सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने बताए ।

 

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *