नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *