सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट कोरोना संक्रमणमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *