गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङद्वारा मन्त्रिपरिषद विस्तार

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् । केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौं भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ । वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताएका छन् । सरकारले जेठ १५ मा नीति तथा कार्यक्रम र असार १ मा बजेट ल्याउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *