प्रज्जवल थापा । इराकसँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप छनोट खेलको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा भएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
प्रशिक्षक अब्दुल्लाहले पहिलो पटक टोलीको प्रशिक्षण समालिहदा उनले युवा खेलाडीलाई मौका दिएका छन् । गोलरक्षक विशाल सुनारसँगै कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, अयुष घलान र मनिष डाँगीले राष्ट्रिय टोलीमा पहिलो पटक मौका पाएका छन् । यस्तै टोली नियमित सदस्य भरत खवास सहित दर्शन गुरुङ, रन्जित धिमाल, रवि शङ्खर पासवान, नितिन थापा भने टिममा अटाउन सकेनन् ।
नेपालले यहि मे २९ मा इराकसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले फिफा विश्वकप छनोट अन्तर्गतका खेलहरु खेल्ने कार्यक्रम रहेको छ । कुवेतमा हुने खेलमा नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डान र जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपाली टिम
गोलरक्षक:- किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर:- रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर:- विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड:- अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
तस्बिर:- एन्फा
