USAID

कोरोना सङ्क्रमणबाट भक्तपुरमा थप १० र दाङमा नौको मृत्यु


काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले सोमबार उनीहरुको मृत्यु भएको जानकारी दिए।

सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ । त्यस्तै दाङमा भने कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको कोारोना स्रोत व्यक्ति कमल चन्दले जानकारी दिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *