जसपाका चार सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका चार जना प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय कानूनसम्मत नभएको ठहर गर्दै निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । उनीहरुलाई जसपाको उपेन्द्र यादव पक्षले कारवाही गर्दै प्रदेशसभामा पठाएको पत्रका आधारमा कारवाही भएको थियो ।

सोही आधारमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजय बहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट वैशाख १७ गते पदमुक्त गरेको घोषणा गरेका थिए । त्यसविरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *