USAID

सेल्टा भोगोसँग पराजित भएसँगै बार्सिलोना उपाधि होड बाहिर


प्रज्जवल थापा । क्याटलान क्लब बार्सिलोना स्पेनिस लिग ला लिगाको उपाधि होडबाट बाहिरिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २-१ गोल अन्तरले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो ।

क्याम्प नोउमा भएको खेलमा सेल्टा भिगोलाई जित दिलाउन सान्टी मिनाले दुई गोल गरे । बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सीले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो । पहिलो हाफको २८ औं मिनेटमा बुस्केटको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए ।

३८ औं मिनेटमा अस्पासको पासमा सान्टी मिनाले गोल गर्दै भिगोलाई बराबरीमा ल्याए । ८९ औं मिनेटमा सान्टी मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टा भिगोलाई २-१ गोलको जित दिलाएका हुन् । जितसँगै सेल्टा भिगो ३७ खेलबाट ५३ अङ्क जोड्दै लिगको आठौं स्थानमा छ । समान खेलबाट ७६ अङ्क जोडेको बार्सिलोना तेस्रो स्थानमा यथावत छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *