प्रज्जवल थापा । स्पेनिस लिग ला लिगाको उपाधि होडमा रहेको रियल म्याड्रिडले महत्त्वपूर्ण जित निकालेको छ । गएराति सान मामेसमा भएको खेलमा रियल म्याड्रिडले एथ्लेटिक क्लबलाई १-० गोलले हराउँदै उपाधि जित्ने आशा जिवित राखेको हो ।
म्याड्रिडलाई जित दिलाउन नाचो फर्नान्डेजले एक गोल गरे । खेलको ६८ औं मिनेटमा केसेमिरोको पासमा नाचोले गरेको गोल नै म्याड्रिडको जितमा निर्णायक बन्यो । जितसँगै म्याड्रिड ३७ खेलबाट ८१ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । समान खेलबाट ८३ अङ्क जोडेको एथ्लेटिको म्याड्रिड शिर्ष स्थानमा छ ।
लिगको अन्तिम खेलमा रियल म्याड्रिडले भिल्लारियललाई पराजित गरे र शिर्ष स्थानको एथ्लेटिको म्याड्रिडले भिल्लाडोलिडसँग ३ अङ्क बटुल्न नसके रियलले लिगको उपाधि जित्नेछ ।
