लेस्चर सिटी एफए कप च्याम्पियन

प्रज्जवल थापा । प्रिमियर लिग क्लब लेस्चर सिटीले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा लेस्चरले चेल्सीलाई १-० गोल अन्तरले हराउँदै पहिलो पटक एफए कपको उपाधि जितेको हो ।

वेम्बली रंगशालामा भएको फाइनल खेलमा लेस्चरलाई जित दिलाउन योउरी टिलेमानसले एक गोल गरे । दोस्रो हाफको ६३ औं मिनेटमा लुके थोमसको पासमा टिलेमानसले गरेको गोल नै लेस्चरको जितमा निर्णायक बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *